काठमाडौं : सुनको मूल्य तोलमा पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य २० रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो