भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार चार सय १७ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल पाँच हजार चार सय ८८ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रा लयले बिहीबार जानकारी दिएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एघार लाख १७ हजार पाँच सय ३१ रहेका छन् । गएको २४ घन्टामा भारतमा ८४ हजार आठ सय २५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख १५ हजार तीन सय ६१ जनालाई कोरोना संक्रमण निको भएको छ ।
भारतमा कोरोना भाइरस निको हुने दर ९५.५९ प्रतिशत रहेको जनाइएको छ ।
सोही अवधिमा थप तीन सय ८० को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८५ हजार ३५ पुगेको मन्त्रालयले जनाएको छ । -रासस








