गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा बिभिन्न दलबाट २ सय बढि नेपाली कांग्रेसमा प्रवेश

कपिलवस्तुको बाणगंगामा बिभिन्न दलबाट २ सय बढि नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १० बाट बिभिन्न राजनैतिक दलबाट २ सय बढि नेता तथा कार्यकर्ताहरु नेपाली कांगे्रसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस वडा नः १० को पार्टी कार्यालय उद्यघाटन कार्यक्रमका अवसरमा नेकपा एमाले तथा माओवादी केन्द्र पार्टी परित्याग गरेर २ सय बढि नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

उनीहरुलाई नेपाली कांग्रेस लुम्बिनि प्रदेशका महामन्त्री सुरेन्द्रराज आर्चाय, पुर्व मन्त्री तथा भारतका लागी नेपालका पुर्व राजदुत दिप कुमार उपाध्याय, नेपाली कांग्रेस कपिलवस्तुका पुर्व जिल्ला सभापति राजेश आर्चाय ,पुर्व मन्त्री कमलेश शर्मा लगायतले टिका तथा खादा लगाएर उनीहरुलाई नेपाली कांग्रेस पार्टीमा स्वागत गरेको वडा सचिव श्याम प्रसाद थारुले वैखरी अनलाइनलाई बताए ।
कार्यक्रममा नेपाली कांगेस प्रदेश १ (क) का उपसभापति कृष्ण मुरारी ज्ञवाली, बाणगंगा नगर सभापति बिष्णु थापा, महाधिवेशन प्रतिनिधि पुरन चौधरी, वडा सभापति बेचन चमार, उप सभापति मदन केसि, क्षेत्रीय प्रतिनिधिहरु सुनिता गुभाजु, खेम बहादुर थापा, धुर्व नेपाल,कृष्ण कार्की, सर्जु प्रसाद चौधरी, पुर्व जिल्ला सदस्य रवि काप्mले, वडा नः १० का वडा अध्यक्ष राम बिहारी थारु, वडा सदस्य राम नक्षेत्र थारु, नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका केशव पन्थी लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनि प्रदेशका महामन्त्री सुरेन्द्रराज आर्चायले पटनाको बिकास सवैले ध्यान दिनु पर्ने बताउदै पटनामा अव नेपाली कांग्रेसको नेतृत्वमा बिकासले तिव्रता पाउने बताए । साथै उनले बाणगंगामा बहुमत पाउने तयारीका साथ चुनावी तयारीमा लाग्न गरेका छन ।

त्यस्तै पुर्व मन्त्री दिप कुमार उपाध्यायले कांग्रेस पार्टीमा आउने नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै अव कम्युनिष्टहरु बिस्तारै हराउदै जाने बताए ।

सम्बन्धित् समाचार