गृहपृष्ठ Featured बाणगंगाको १०औं नगर सभा माघ ३ गते : यस्ता छन् कार्यपालिकाको बैठकका निर्णय

बाणगंगाको १०औं नगर सभा माघ ३ गते : यस्ता छन् कार्यपालिकाको बैठकका निर्णय

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । विहिबार विभिन्न महत्वपूर्ण निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न भएको हो । बैठकले जिल्ला समन्वय समितिमा पेश गर्ने गरि नगरपालिकाको स्वमूल्याङ्कनलाई स्वीस्कृत प्रदान गरेको छ ।

नगरका प्रवक्ता समेत रहेका वडा नं.२ का वडाध्यक्ष विष्ण प्रसाद पौडेलका अनुसार स्वमूल्याङ्कनमा नगरले ६७ प्रतिशत अङ्ग प्राप्त गरेको छ । यस्तै प्रथम नगर विकास आवधिक योजनालाई नगर सभामा पेश गर्ने गरि बैठकले स्वीकृत प्रदान गरेको छ । प्रवक्ता पौडेलका अनुसार नगर विकास आवधिक योजना निर्माण गर्दा मूख्यतया पाँच ओटा विषयहरुलाई प्राथमिकतामा राखिएको छ । जस अन्तर्गत आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वधार, वन वातावरण तथा विपत व्यवस्थापन र शुसासन तथा क्षमता अभिवृद्धि छन् ।

‘समृद्धि बाणगंगाको आधार, आर्थिक सामाजिक रुपान्तरणसहितको पूर्वाधार’ भन्ने नारालाई बैठकले स्वीकृत प्रदान गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभएको छ । यस्तै बैठकले नगरपालिकाको १० औं नगर सभा माघ ३ गते विहान ८ बजे नगरपालिकाको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ । बैठकले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत बाणगंगा १ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी छनोट गरेको छ ।

प्रवक्ता पौडेलका अनुसार उक्त सहकारीले ६ लाख बराबर पौष्टिक आहार उत्पादन सम्बन्धि लक्षित समुदायलाई आयआर्जनका कार्यक्रम गर्ने छ ।

सम्बन्धित् समाचार