गृहपृष्ठ Featured लायन्स क्लव अफ कपिलवस्तुद्धारा मृर्गौला पिडित सुरक्षा पौडेललाई आर्थिक सहयोग

लायन्स क्लव अफ कपिलवस्तुद्धारा मृर्गौला पिडित सुरक्षा पौडेललाई आर्थिक सहयोग

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : लायन्स क्लव अफ कपिलवस्तुले संस्थाका संस्थापक मेल्भिन जोन्सको १४३ औ जन्मोत्सव मनाउनुका साथै आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाको कार्यालय बैरियामा सम्पन्न भएको हो । दुवै मृर्गौला फेल भएकी वडा नं.२ निवासी सुरक्षा पौडेलको उपचारका लागी लायन्स क्लव अफ कपिलवस्तुले दश हजार एक सय ११ रुपैयाँ सुरक्षाका दाईलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरका प्रवक्ता समेत रहेका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले लायन्स क्लव अफ कपिलवस्तु सधै मानवीय कार्यमा अघि रहेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँले सुरक्षाको ज्यान जोगाउन लायन्सको यो सहयोग महत्वपूर्ण सावित हुने बताउनुभयो । आगामी दिनमा लायन्स क्लव अफ कपिलवस्तुसंग नगरपालिकाले सहकार्य गर्दै अघि बढ्ने वडाध्यक्ष पौडेलको भनाई छ । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.१ की वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले मृर्गौला फेल भएकी सुरक्षा पौडेलको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै लायन्स क्लव अफ कपिलवस्तुले मानवीय कार्यमा सधै अग्रसरता देखाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रमकी विशिष्ट अतिथि समेत रहनु भएकी वडाध्यक्ष अधिकारीले सबैको सहयोगले सुरक्षाले नयाँ जीवन प्राप्त गर्न सक्ने बताउनुभयो ।

उहाँले आगामी दिनमा यस्तै कार्यक्रममा सुरक्षाको उपस्थित रहने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भूसालले लायन्स क्लव कपिलवस्तु सधै मानवीय सेवा समर्पित रहको बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका अध्यक्ष भूसालले मृर्गौला फेल भएकी सुरक्षा पौडेलको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आफु सदैव सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले सामाजिक तथा मानवीय क्षेत्रमा लायन्स सधै अग्रसरता लिदैं अघि बढि रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रम वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, वडा नं.१ की वडाध्यक्ष बालकुमारी पन्त अधिकारीको विशिष्ट आतिथ्यता, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भूसालको अध्यक्षतामा तथा अन्य लायन्स पदाधिकारीको उपस्थितमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव सागर घिमिरेले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार