गृहपृष्ठ Featured रुपन्देहीमा टिपर दुर्घटना, चालकको मृत्यु

रुपन्देहीमा टिपर दुर्घटना, चालकको मृत्यु

प्रकाशित मिति:

बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको  देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर  दुर्घटना हुँदा टिपर चालक नवलपरासी सुनौल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।

 

 टिपर  अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ ।

सम्बन्धित् समाचार