गृहपृष्ठ Featured संखुवासभामा करेन्ट लागेर ओभरसियरको मृत्यु

संखुवासभामा करेन्ट लागेर ओभरसियरको मृत्यु

प्रकाशित मिति:

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका– ३ मा करेन्ट लागेर ओभरसियरको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार शुक्रबार सभापोखरी गाउँपालिका– ३ मा निर्माणधीन स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसनको लाइन छुँदा करेन्ट लागेपछि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा ठाकुरको बाटोमै मृत्यु भएकोे हो ।

उक्त स्वास्थ्य चौकीको भवनमा जयधनञ्जय–रिमा गौरी जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । दुई करोडको लागतमा भवन निर्माण भइरहेको छ । उक्त भवनमा निर्माण कम्पनीले प्राइभेट प्राविधिकको रूपमा ठाकुरलाई नियुक्त गरेका थिए । पुरानो घर सप्तरी भए पनि हाल ललितपुर नगरपालिका गोदावारी बस्दै आएको परिवारबाट खुलेको प्रहरीले जनाएको छ ।

उनको शव जिल्ला अस्पतालमा राखिएको छ । आफन्तहरू शुक्रबार आउने जानकारी पाएको र आएपछि मात्रै शव परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार