गृहपृष्ठ Featured धनकुटामा टिपर दुर्घटना : दुई जनाको मृत्यु

धनकुटामा टिपर दुर्घटना : दुई जनाको मृत्यु

प्रकाशित मिति:

धनकुटा : कोसी राजमार्ग अन्तर्गत धनकुटा–२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०३–००१ क ०५४९ नम्बरको टिपर सडकबाट अन्दाजी २५ मिटर तल झर्दा टिपर चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर प्यूठानको मान्डवी गाउँपालिका वडा नं। १ का टिपर चालक २८ वर्षीय भुवन थ्रेडी मगर र दाङको बबई गाउँपालिका वडा नं ३ का २१ वर्षीय नवीन विकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नहकुल पोखरेलले जानकारी दिए ।

दुर्घटनास्थलमा पुगेको प्रहरीले दुवै जनाको सव गाडीमुनि च्यापिएको अवस्थामा फेला पारेको एसपी पोखरेलले जानकारी दिए ।

सम्बन्धित् समाचार