गृहपृष्ठ Featured बुटवलको एक क्लबमा भीषण आगलागी

बुटवलको एक क्लबमा भीषण आगलागी

प्रकाशित मिति:

बुटवल : बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित मिलनचोकको एक क्लबमा भीषण आगलागी भएको छ । माघ १ गतेदेखि सञ्‍चालनमा आउने तयारीमा रहेको प्लान बी क्लबमा शुक्रबार दिउँसो १ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ। आगो अझै नियन्त्रणमा आएको छैन।

नियन्त्रणको प्रयास भएपनि आगलागी स्थलमा दमकल जाने बाटो नहुँदा समस्या भइरहेको छ । बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका भैरहवा, लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी, तिलोत्तमा र सैनामैना नगरपालिकाका दमकलले आगो निभाउँदा पनि नियन्त्रण आएको छैन् । बाक्लो बस्ती र साँघुरो सडकले समस्या भएको छ ।

यसअघि बाटो फराकिलो बनाउन स्थानीयले माग गरेपनि जग्गाधनीले नदिँदा बाटो फराकिलो हुन सकेको छैन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण अझै आएको छैन् । क्लब संचालन गर्नका लागि करिब ७ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

सम्बन्धित् समाचार