गृहपृष्ठ Featured बाणगंगा- १ ले दियो गरिब, जेहेन्दार तथा अपाङ्ग विद्यार्थीहरुलाई न्यानो कपडा

बाणगंगा- १ ले दियो गरिब, जेहेन्दार तथा अपाङ्ग विद्यार्थीहरुलाई न्यानो कपडा

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ ले श्री बाल माध्यमिक विद्यालयका गरिब, जेहेन्दार तथा अपाङ्ग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत ५० जना गरिब, जेहेन्दार तथा अपाङ्ग विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । लक्षित वर्गको कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई न्यानो पोसाक वितरण गरिएको वडा अध्यक्ष बाल कुमारी पन्त अधिकारीले बताउनुभयो ।

जाडोमा विशेष गरि बालबालिका प्रभावित हुने भएकाले उनीहरुको स्वास्थ्यलाई मध्येनजर गरि न्यानो पोसाक वितरण गरिएको वडाध्यक्ष अधिकारीको भनाई छ । कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी वडाध्यक्ष अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जाने प्रतिवद्धता जनाउनु भएको छ । वडाध्यक्ष अधिकारीले न्यानो पोशाक वितरण गर्ने कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ । उहाँले बालबालिका भविष्यका देशका आधार स्तम्भ भएकाले उनीहरुको शारिरीक, मानसिक, सामाजिक विकासमा सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

 

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम घिमिरेले गरिब, जेहेन्दार तथा अपाङ्ग विद्यार्थीहरुको आवश्यकतालाई बुझेर न्यानो कपडा वितरण गर्नु एक सकारात्मक कदम भएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका अध्यक्ष घिमिरेले गरिबी कै कारण यो जाडोमा कठाङ्रिएर बस्नुपर्ने बाध्यतालाई यस्ता कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयमा अध्ययन गर्ने बालबालिकाको हरेक किसिमको विकासमा विद्यालयले वडासंगै नगरसंग पनि थप समन्वयात्मक ढङगले अघि बढ्ने अध्यक्ष घिमिरेको भनाई छ ।

विद्यालय अभिभावक संघका अध्यक्ष सिता गैरे, टोल विकास समितिका अध्यक्ष गिता शर्मा, सामाजिक व्यक्तित्वहरु रामु घिमिरे, दिपेन्द्र विसी, विद्यालयका शिक्षकशिक्षिका लगायतको आतिथ्यता रहेको कार्यक्रम विद्यालयका शिक्षक सुर्य चुदाँलीको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार