गृहपृष्ठ Featured दाङमा रोकिराखेको ट्याक्टरसँग अटो ठोकिदा एक जनाको मृत्यु

दाङमा रोकिराखेको ट्याक्टरसँग अटो ठोकिदा एक जनाको मृत्यु

प्रकाशित मिति:

दाङ, पुस ३०। दाङमा रोकिराखेको ट्याक्टरसँग अटो ठोकिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार दंगीशरण गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय दिपक बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भिर घाइते बुढाथोकीको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।

दुर्घटनामा अटो चालक दंगिशरण-३ हेकुलीका २७ वर्षीय मनिष चौधरी गम्भिर घाइते भएका छन् । गम्भिर घाइते चौधरीलाई तुलसीपुरमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ । चौधरीको टाउको, मुख, बायाँ हातमा गहिरो चोट लागेको छ ।

तुलसीपुरबाट हेकुली तर्फ जाँदै गरेको रा १ ह २९६६ नम्बरको अटो बिहीबार साँझ हेकुली चोकमा रोकीराखेको रा १ त २८२२ नम्बरको ट्रयाक्टरसँग ठोकिदा दुर्घटनामा परेको डिएसपी अर्यालले बताउनुभयो। प्रहरीले अटो र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

ट्याक्टर चालक भने फरार रहेको अर्यालले बताउनुभयो ।

सम्बन्धित् समाचार