गृहपृष्ठ Featured बाणगंगा नगरबासी कोरोनाबाट आत्तीनु पर्ने अवस्था छैन : अर्याल

बाणगंगा नगरबासी कोरोनाबाट आत्तीनु पर्ने अवस्था छैन : अर्याल

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले कोरोनाको महामारीबाट बाणगंगाबासी आत्ती हाल्नु पर्ने अवस्था नभएको बताएका छन ।

जिल्लामा सबैभन्दा बढि कोरोना बिरुद्धको खोप यहाँका नगरबासीलाई लगाइएको बताउदै अर्यालले आत्ती हाल्नु पर्ने अवस्था नभएको बताएका छन । नगरभित्र करिव ७० प्रतिशतले कोरोना बिरुद्ध खोप लगाइ सकेको बताउदै बाकी नागरिकलाई पनि कोरोना बिरुद्धको खोप लगाउने कार्य चली रहेको उनले बताए ।

साथै कोरोनाको महामारी बढि हालेको खण्डमा अस्कीजन सिलिण्डरको प्रयाप्त ब्यवस्था रहेको समेत बताए । हाल बाणगंगा नगरपालिकाले ५ं० वटा अक्सीजनका सिलिण्डर खरिद गरेर कार्यालयमा सुरक्षित राखेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना बिरुद्धको खोप बाणगंगामा अन्य पालिकाभन्दा बढिले लगाएका छन ।

साथै उप प्रमुख अर्यालले कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको अनिर्वाय रुपमा पालना गर्न आग्रह गरेका छन । कोरोनाको महामारीबाट बच्नका नगरपालिकाले आन्तरिक रुपमा तयारी थालेको बताउदै अर्यालले सबैले स्वास्थ्यका मापदण्ड अपनाएमा कोरोनाबाट बच्न र बचाउँन सहज हुने बताएका छन ।

सम्बन्धित् समाचार