गृहपृष्ठ Featured बुद्धभूमी र उद्योग वाणिज्य संघबीच सम्झौता

बुद्धभूमी र उद्योग वाणिज्य संघबीच सम्झौता

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले नगर क्षेत्रको व्यवसाय कर असुली, घरबहाल कर र व्यवसायिक प्रवद्र्धन कार्यक्रमलाई अगाडी बढाउन बुद्धभुमि उद्योग वाणिज्य संघसँग सम्झौता गरेको छ ।

दुबै तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगर प्रमूख केवश कुमार श्रेष्ठले नगरपालिका भित्र संचालित व्यवसायीहरुलाई व्यवस्थिकरण गरी राजश्व असुली र नगर भित्रका घरहरुको घरबहाल करलाई उचित व्यवस्थापन गर्न उद्योग वाणिज्य संघ सँग सम्झौता तथा सहकार्य गरिएको बताउनु भयो । उहाँले नगरपालिका र नगर भित्रका सबै व्यवासयीहरु सँगै बुद्धभूमि उद्योग वाणिज्य संघ सँगको सहकार्यले नगरपालिकालाई पनि फाइदा पुग्ने बताउनुभयो ।

सम्झौता पत्र अनुसार व्यवसाय कर बाँडफाँडबाट व्यवसाय प्रवर्दन कोषमा जम्मा भएको रकम नगर क्षेत्र भित्र कर अभ्यास प्रर्वदन, कर शिक्षा तथा व्यवसाय प्रवर्दनमा खर्च गरिने उल्लेख छ । नगरपालिकाले बुद्धभुमि उद्योग वाणिज्य संघ सँग करार बमोजिमका कार्याहरुको प्रभावकारीताका आधारमा प्रत्येक १ वर्षमा कार्यावधि थप गर्दै लैजाने उल्लेख छ ।

सम्झौता पत्र अनुसार सो कार्यावधिलाई थप प्रभावकारी बनाउन नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृतको संयोजकतवमा ५ सदस्यीय समिति बनाएको छ । जसको सदस्यमा उद्योग वाणिज्य संघका अध्यक्ष, नगरपालिकाले तोकेका एक जना अधिकृत स्तरका प्रतिनिधि, बुद्धभुमि उद्योग वाणिज्य संघले तोकेको एक जना प्रतिनिधि र नगरपालिकाको राजश्व शाखा प्रमुख रहने उल्लेख छ ।

बुद्धभुमि नगरपालिका नगरसभाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरपालिका क्षेत्र भित्रका व्यवसायिहरुलाई तोकेको व्यवसाय करको संकलन, घर बहादल कर र व्यसायीहरुलाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य सहित सो सम्झौता गरेको जनाएको हो ।

सम्बन्धित् समाचार