गृहपृष्ठ Featured बुद्धभूमिले लगायो हाट बजार संचालनमा रोक

बुद्धभूमिले लगायो हाट बजार संचालनमा रोक

प्रकाशित मिति:

कपिलवस्तु : कोरोना संक्रमण बढदै गएपछि बुद्धभूमि नगरपालिकाले हाट बजार संचालनमा रोक लगाएको छ । हाट बजारमा अब दैनिक रुपमा कृषि उपज मात्र स्वास्थ्य मापदण्ड पालना गरी बिक्रि बितरण गर्ने गरी निर्णय गरिएको छ । नगरपालिकाको बुढ्ढी स्थित कार्यालयमा सरोकारवालाबीच गरिएको बैठकबाट सो निर्णय गरिएको हो । मेयर केशव कुमार श्रेष्ठले नगरपालिका भित्र कृषि उपजको हाट बजारलाई स्वास्थ्य मापदण्ड पुर्ण पालना गरी हरियो तरकारी, फलफुल र माछा मासु दैनिक रुपमा बेच्न पाउने गरी निर्णय भएको बताए ।

नगर क्षेत्र बाहिरका ब्यापारीहरुलाई हाट बजारमा आउन नदिने र आए भने त्यसको जिम्मेवारी हाटबजारका ब्यापारीहरुले लिनु पर्ने उनले बताए । बैठकमा जिल्ला कोभिड ब्यवस्थापन समितिले गरेका निर्णयहरु पालना गर्दै नगर क्षेत्रका बिद्यालय माघ १५ सम्म बन्द गर्ने, माघ ७ देखि नगर क्षेत्रका सरकारी कार्यालय र सार्वजनिक स्थलमा खोप कार्ड खनिवार्य गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबेदीले बताए । यस्तै नगरबासीलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्ने समेत गरिएको छ ।

बैठकमा सहभागी रहेका कपडा र अन्य ब्यापारीले भने आफुहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गर्ने गरी हाज बजारमा पसल संचालन गर्न दिईनु पर्ने माग गरेका छन् ।

सम्बन्धित् समाचार