गृहपृष्ठ Featured स्व.अधिकारीको स्मृतिमा एमालेद्वारा शोकसभा

स्व.अधिकारीको स्मृतिमा एमालेद्वारा शोकसभा

प्रकाशित मिति:

कपिलवस्तु : नेकपा एमाले शिवराज नगर कमिटीले शिवपुर- १, नयाँबस्ती (बनकट्टा) मा शोकसभा सम्पन्न गरेको छ ।
शिवराज नगर कमिटी सदस्य लक्ष्मी अधिकारीका पति स्व। टंक प्रसाद अधिकारीको ७औं दिनको पुण्य तिथिको अवसर पारेर एमालेले निजकै निवासमा एक कार्यक्रमका बीच शोकसभा गरेको हो ।

एमाले शिवराज नगर अध्यक्ष जगत पौडेलको अध्यक्षतामा भएको शोकसभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले स्वर्गीय टंक अधिकारीको योगदानको चर्चा गर्दै पार्टीका एक उर्जाशिल कार्यकर्ता गुमाएकोमा दुस्ख ब्यक्त गर्नुभयो । स्वर्गीय अधिकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा धैर्यधारण शक्ति मिलोस् भनी उहाँले गहिरो समबेदना समेत प्रकट गर्नुभयो ।

यसैगरी नेकपा एमाले जिल्ला सचिव सि.बी. गहतराज, एमाले जिल्ला सहसचिव एवं लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सी., शिवराज नगरपालिका नं.१ का वडाध्यक्ष जगत बहादुर जि.सी. लगायतले शोक मतब्य राख्नुभएको थियो । एमाले शिवराज नगर सचिव शरद अधिकारीको संचालनमा सम्पन्न शोकसभामा एमाले नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

वि.स. २०२४ साल पुस २९ गते जन्मेका अधिकारीको यही २०७८ साल पुस २५ गतेका दिन आफ्नै निवासमा असामयिक मृत्युभएको थियो । मृतक अधिकारीका एक श्रीमती, दुई छोरा, एक छोरी तथा नाति-नातिनाहरू छन् ।

सम्बन्धित् समाचार