गृहपृष्ठ Featured प्रधानमन्त्री कप क्रिकेट : पुलिसद्धारा प्रदेश १ पराजित

प्रधानमन्त्री कप क्रिकेट : पुलिसद्धारा प्रदेश १ पराजित

काठमाडौं :  नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ ।

शनिबार नै हुनुपर्ने पुलिस र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाका कारण स्थगित गरेर आज खेलाइएको हो । त्यसअघि टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

प्रतियोगिताको दुवै सेमिफाइनल मंगलबार हुनेछ । जहाँ नेपाल पुलिसले बागमती प्रदेश र आर्मीले एपीएफसँग खेल्नेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

सम्बन्धित् समाचार