गृहपृष्ठ Featured पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

प्रकाशित मिति:

०३ माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान स्वाब परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए।

मन्त्री आलेको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

मन्त्री आलेका स्वकीय सचिव रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ। मन्त्री आलेको कन्ट्याकट्रेसिङमा परेका मन्त्रालयका कर्मचारीहरु स्वाब परीक्षणको तयारीमा छन्। मन्त्री आलेको सचिवालयले सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रीमा कोरोना देखिएपछि मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरिएको छ।

सम्बन्धित् समाचार