गृहपृष्ठ Featured महामारीमा विश्वका १० धनी व्यक्तिको सम्पत्ति दोब्बरले बढ्यो

महामारीमा विश्वका १० धनी व्यक्तिको सम्पत्ति दोब्बरले बढ्यो

कोभिड १९ महामारीले विश्वका धनी व्यक्तिहरुलाई झनै धनी बनाएको एक अध्ययनले देखाएको छ। अक्सफामले गरेको अध्ययनको रिपोर्ट प्रकाशित गर्दे बीबीसीले महामारीले धनी झनै धनी बन्दा गरिबको संख्या भने बढेको उल्लेख गरेको छ।

रिपोर्टमा कम आय भएका व्यक्तिहरुको यो समयमा धेरै मृत्यु भएको दाबी गरिएको छ। दैनिक २१ हजार कम आय भएका व्यक्तिको मृत्यु भएको रिपोर्टमा उल्लेख छ।

तर, विश्वका १० धनी व्यक्तिको सम्पत्ति भने दोब्बर बढेको अक्सफामले जनाएको छ। मार्च २०२० यता धनी व्यक्तिको सम्पत्ति बढ्दै गएको रिपोर्टमा दाबी गरिएको छ।

अक्सफामका प्रमुख ड्यानी श्रीस्कन्दराजाले विश्वको ९९ प्रतिशत मानिस लकडाउन, पर्यटन गतिविधिमा कमी र व्यापार घाटाबाट प्रभावित भएको बताएका छन्। महामारीमा थप १६० मिलियन मानिस गरिव भएको उनले बताए। उनले यसको दोष विश्वको आर्थिक व्यवस्था नै रहेको दाबी समेत गरे।

फोर्ब्सका अनुसार अक्सफामले महामारीमा सम्पत्ति दोब्बर बनाएको भनी उल्लेख गरेको व्यक्तिहरुमा इलोन मस्क, जेफ बेजोस, बर्नाल्ड अरनाल्ट एन्ड फेमिली, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेन, सरजी ब्रिन, मार्क जुकरबर्ग, स्टीभ ब्लामर र वारेन बफेट छन्।

संयुक्त रुपमा उनीहरुको सम्पत्ति ७०० बिलियन डलरबाट १।५ ट्रिलियन डलर पुगेको बताइएको छ।

सम्बन्धित् समाचार