गृहपृष्ठ Featured हिमालयन बैंकको २९औं वार्षीक साधारणसभा सम्पन्न

हिमालयन बैंकको २९औं वार्षीक साधारणसभा सम्पन्न

प्रकाशित मिति:

काठमाडौं :  हिमालयन बैंक लिमिटेडको उनन्तीसौंं वार्षीक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। बैंकको वार्षीक साधारण सभा कोभिड संक्रमण बढी रहेका कारण भिडियो कन्फ्रेन्सका माध्यमबाट संचालन गरिएको थियो।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षीक प्रतिवेदनसहित सोही आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८५ बोनस शेयर र ४.६२५ नगद लाभांशगरी कुल २६५ लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ।

यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्विकृत गरेको छ। उक्त प्रस्तावको सम्बन्धमा प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये पचहत्तर प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक पचहत्तर प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको छ। प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३५, विपक्षमा ४२.२९५ र मत नहाल्नेमा १४.०९५ रहेका थिए।

हाल बैंकको देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटीएम र ५००० भन्दाबढी पीओएस टर्मिनल संख्याबाट सेवा प्रदान गर्दै आएको हिमालयन बैंकले जनाएको छ।

समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको बैंकले जनाएको छ।

सम्बन्धित् समाचार