गृहपृष्ठ Featured महोत्तरीमा स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जना पक्राउ

महोत्तरीमा स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं : महोत्तरीमा स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मटिहानी नगरपालिका–८ स्थित चौकीबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजे एक जनालाई ३० लाख रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

प्रहरीले वडा नम्बर ३ बर्दाहा बस्ने २३ वर्षीय मो. सहाउदिनलाई पक्राउ गरेको हो।

भारतबाट नेपाल आउँदै गरेको ज ६ प ६९४४ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले सहाउदिनले बोकेको झोला जाँच गरेको थियो।

झोलामा २८ लाख र उनको खल्तीबाट २ लाख बरामद गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न जलेश्वर भन्सार कार्यालय मलिवारा पठाएको कार्यालयले जनाएको छ।

सम्बन्धित् समाचार