गृहपृष्ठ Featured शिवगढीमा बिपि स्मृति भवनको शिलान्यास

शिवगढीमा बिपि स्मृति भवनको शिलान्यास

प्रकाशित मिति:

कपिलवस्तु : शिवगढीमा बि.पि. स्मृति भवनको शिलान्यास गरिएको छ ।शिजगढीको बनियाभार निवासी ईश्वर गिरीले उपलब्ध गराउनु भएको जग्गामा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले द्विप प्रज्वलन गरि शिलान्यास गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सुरेन्द्रराज आचर्यले अन्तर्राष्ट्रिय ,प्रदेश र स्थानीय स्तरमा आफ्नो कला देखाई नगर र देशको छवि उच्च राख्न सफल भएका सम्पुर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिनु भएको थियोे । त्यस्तै जग्गा उपलब्ध गराई सहयोग गर्ने ईस्वर गिरि प्रती अभार पनि प्रकट गर्नु भयो ।अत्यन्तै जटिल समयमा समेत आफ्नो ज्यानको प्रवाह नगरी पार्टीको अस्तित्व जोगाउन भुमिका खेल्नहरुलाई सम्झदै उहाहरुको प्रसंशा समेत गर्नु भयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बि जि कराते प्रतियोगिता र स्थानीय तथा प्रदेश स्तरका प्रतियोगितामा सहभागी भई बिजयी भई नगरपालिका र देशको नाम उच्च राख्न सफल भएका खेलाडीलाई सम्मान गरेको छ ।

भवनलाई छिटो निर्माण गर्न सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित् समाचार