गृहपृष्ठ Featured हिम आँधीका कारण अमेरिका र क्यानडाका ८ करोड बढी मानिस अन्धकारको चपेटामा

हिम आँधीका कारण अमेरिका र क्यानडाका ८ करोड बढी मानिस अन्धकारको चपेटामा

प्रकाशित मिति:

क्यानडा र अन्य अमेरिकी राज्यहरुमा आएको हिम आँधीका कारण ८ करोडभन्दा बढी मानिस अन्धकारको चपेटामा परेका छन्। हिम आँधीपछि परेको भारी हिमपात र बरफ जम्दा क्यानडा र अमेरिकाका विभिन्न राज्यमा सो संख्यामा मानिसहरु अन्धकारको चपेटामा परेका हुन्।

आइतबार सो क्षेत्रमा हिमआँधीसँगै भारी हिमपात भएको थियो। हिम आँधीपछि विद्युत कटौती हुँदा क्यानडा र अमेरिका विभिन्न राज्यहमा अन्धकार छाएको बताइएको छ। हिम आँधीपछि अमेरिकी राज्य भर्जिनिया, जर्जिया, नर्थ एण्ड साउथ क्यारोलिनामा आपतकाल घोषणा गरिएको छ।

हिमआँधीपछि प्रभावित क्षेत्रका ३ हजारभन्दा बढी उडानसमेत रद्ध गरिएको बीबीसीमा समाचार छ। हिमआँधीसँगै विभिन्न क्षेत्रमा परेको १ फिट उचाइको हिमपातका कारण विद्युत अवरुद्ध हुनुका साथै सवारी दुर्घटनासमेत बढेको अन्तर्राष्ट्रिय मिडियामा उल्लेख छ।

सम्बन्धित् समाचार