गृहपृष्ठ Featured बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिबानाको फैसला

बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिबानाको फैसला

प्रकाशित मिति:

दमौली : बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिबानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमवारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।

साथै, उनीहरूलाई जनही पाँचरपाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार गोरखाको शहीद लखन गाउँपालिका(३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका-११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ।

दुई जनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो।

सम्बन्धित् समाचार