वैखरी अनलाईन : बाणगंगामा नगरपालिका वडा नं.८ मा जारी कमल थापा स्मृति कपको फाइनल खेल भोलि हुने भएको छ । आयोजक कपिलवस्तु ओयसिस् क्लव र पडरियाबीच फाइनल खेल हुने भएको हो ।
दुई सेमीफाइनल खेल अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक ‘ए’ ले बनगाई युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको छ। आयोजकका लागि विक्रम कुँवर क्षेत्रीले २ गोल गरेका गरे भने सुनिल क्षेत्रीले १ गोलको योगदान दिए । उक्त खेलमा म म्यान अफ द म्याच विक्रम कुँवर क्षेत्री घोषित भए ।
यस्तै दास्रो सेमीफाइनल खेलमा आयोजक ‘बी’ लाई पडरिया ले २-० गोल अन्तरले पराजित गरेको छ। उक्त खेलमा म्यान अफ द म्याच आयोजक बी का दुर्गा गिरी (गोरे) भएका थिए।
भोलि दिउँसो १ बजेबाट फाइनल खेल सुरु हुने खेल संयोजक विप्लप मल्ल ठकुरीले जानकारी दिएका छन्। स्थानीय प्रशासनको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी खेल सञ्चालन भईरहेको उनले बताए ।








