गृहपृष्ठ Featured बाँकेमा लागूऔषध सहित वडाध्यक्ष पक्राउ

बाँकेमा लागूऔषध सहित वडाध्यक्ष पक्राउ

प्रकाशित मिति:

बाँके : बाँकेको बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामचरण थारुलाई प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले वडा अध्यक्ष थारुसहित अन्य तीनजनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालको टोलीले थारुसहित सुरज थारु, ध्रुव थारु र सुन्दर थारुलाई पक्राउ गरेको हो । ‘उनी आफै लागूऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ एसपीले भने, ‘३१० मिलिग्राम खैरो हेरोइन बरामद भएको इलाका प्रहरी कार्यालयले जानकारी गराएको छ ।

वडा अध्यक्ष थारु सरकारी मोटरसाईकल चढेर बैजनाथ गाउँपालिकाबाट सोमबार लागूऔषध सेवनका लागि कोहलपुर आएका बेला पक्राउ परेको प्रहरीले जनाएको छ । वडाध्यक्ष थारु २०७५ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित् समाचार