गृहपृष्ठ Featured कपिलवस्तुका समुदायमा फैलीयो कोरोना, परिक्षणको सुरसार छैन

कपिलवस्तुका समुदायमा फैलीयो कोरोना, परिक्षणको सुरसार छैन

प्रकाशित मिति:

वैखरी अनलाइन : कपिलवस्तुमा समुदाय स्तरमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको आँकलन गरिएको छ । पिसिआर परिक्षण तथा एन्टिजेन मार्फत जाचँ गर्ने कार्यमा भने जिल्लाका १० पालिकाले कुनै सुरसार नै देखिएका छैनन् । कपिलवस्तु जिल्लामा हाल सम्म ३ लाख ६० हजार ५ सय २४ जनाले कोरोना विरुद्धको एक मात्रा खोप प्राप्त गरेका छन् भने १ लाख ४७ हजार एक सय ४९ जनाले विरुद्धको पूर्ण मात्रा खोप प्राप्त गरेका छन् ।

पछिल्लो समय १२ देखि १७ वर्ष उमेर समूहका लागि प्राप्त भएको मोर्डना खोप ७० हजार ९ सय ९६ जना किशोर किशोरीले लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार पुस ३० गते कृष्णनगर नाकामा १५६ जनामा एन्टिजेन टेस्ट गर्ने क्रममा २४ जनाको पोजेटिभ देखिएको थियो । कपिलवस्तुमा समुदायमा ओमिक्रोन फैलिसकेकाले यसबाट बँच्न र बचाँउन सबै जनाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नु सँगै खोप अनिवार्य रुपमा लगाउन जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले आग्रह गर्दै आएको छ ।

यता पिपरा अस्पतालमा कार्यरत २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ भने अस्पतालमा कोरोनासंग मिल्दोजुल्दो लक्षणका बिरामी पनि ह्वात्तै बढेका छन् । साथै यस क्षेत्रका अन्य अस्पतालमा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षणका बिरामी आउने क्रम बढिरहेको बताईएको छ ।

कपिलवस्तुका १० पालिकाले नै समयमा कोरोना परिक्षण दायरा बढाएर उपयुक्त कदम चाल्नु पर्ने स्वास्थ्य अधिकारीहरु बताउँछन् । कपिलवस्तुमा खुला सिमाका कारण पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिदैं आएका छन् ।

सम्बन्धित् समाचार