गृहपृष्ठ Featured एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण

एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं : नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण देखिएको छ। कूल २३ हजार ४०९ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो। मंगलबार पनि उच्च संख्यामा संक्रमित देखिएका थिए। मन्त्रालयका अनुसार मंगलबार १० हजार २५८ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ६१३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित् समाचार