पोखरा : आजदेखि पोखरा रंगशालामा सुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई हराउँदै विभागीय टिम एपीएफले खेलमा विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलको सुरुवाती समयमै एफिएफले खेलमा अग्रता लिएको थियो। खेलको १४ औं मिनेटमा आवास लामिछानेले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए।
एफिएफले खेलको दोस्रो हाफमा पुनस् एक गोल गरेको थियो। खेलको ६० औं मिनेटमा प्रदीप लामा एपिएफको तर्फबाट गोल गर्न सफल भएका थिए।
खेलमा म्यान अफ दि म्याच आवास लामिछाने चुनिएका छन्।
भोलि हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। १० टिम सहभागी रहेको प्रतियोगिताको विजेता १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। कोरोना महामारीकै बिच आयोजना भएको आहा रारा गोल्डकप दर्शकबिना नै पोखरा रंगशालामा संचालन गरिएको छ।








