गृहपृष्ठ Featured भारतमा एकैदिन करिब साढे तीन लाख संक्रमित थपिए, ७०३ जनाको मृत्यु

भारतमा एकैदिन करिब साढे तीन लाख संक्रमित थपिए, ७०३ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ७०३ जनाको मृत्यु भएको छ। पछिल्लो समयमा मर्नेको यो संख्या उच्च हो। यसअघि अक्टुबर २८ मा ८०७ जनाले कोरोनाबाट ज्यान गुमाएका थिए।

यसपछि केही दिनसम्म मृत्यु हुनेको संख्या ६ सय नाघेको थियो।

यस्तै पछिल्लो २४ घन्टामा ३ लाख ४७ हजार २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन‍्। करिब साढे तीन लाख संक्रमित थपिदा २ लाख ५२ हजार ७७७ जना कोरोनामुक्त भएका छन्।

बिहीबार मात्रै ३ लाख बढीमा कोरोना संक्रमण देखिएको थियो। बुधबारको तुलनामा शुक्रबार २९ हजार ७२२ बढीमा संक्रमण देखिएको हो। भारतमा दैनिक संक्रमण दर १७.९४ प्रतिशत र साप्ताहिक संक्रमण दर १६.५६ प्रतिशत रहेको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ पुगेको छ। हालसम्म कोरोनाबाट ४ लाख ८८ हजार ३९६ जनाले ज्यान गुमाइसकेका छन्। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। यहाँ ओमिक्रोन संक्रमितको संख्या ९ हजार ६९२ पुगेको छ। बिहीबारको तुलनामा संक्रमण दर ४.३६ प्रतिशतले बढी हो।

सम्बन्धित् समाचार