गृहपृष्ठ Featured मोबाइल चोरी गर्ने प्रहरी हिरासतमा परेसँगै निलम्बित

मोबाइल चोरी गर्ने प्रहरी हिरासतमा परेसँगै निलम्बित

प्रकाशित मिति:

धनगढी : कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरू विरुद्ध चोरीको मुद्दा दर्ता भएर ५ दिनको म्याद थप भएको बताए। म्याद थप हुने बित्तिकै स्वतः निलम्बनमा परेका उनको भनाई छ।

लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले मोबाइल चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्दा दर्ता गर्दै उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

सम्बन्धित् समाचार