गृहपृष्ठ Featured एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोभिड(१९ संक्रमण देखिएको छ। शनिवार गरिएको परीक्षणणमा ओली दम्पतीलाई संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। केही दिनदेखि स्वास्थ्य असहज भएपछि परीक्षण गरिएको थियो।

पहिलो र दोस्रो लहरको संक्रमणका बेलामा सुरक्षित रहेका ओलीलाई यस पटक भने संक्रमण पुष्टि भएको हो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले बालकोट स्थित निवासमा आराम गरिरहेका छन्।

यसअघि एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायतलाई पनि संक्रमण देखिएको थियो। पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुमा संक्रमण देखिन थालेको छ।

सम्बन्धित् समाचार