गृहपृष्ठ Featured जर्मनीका नौसेना प्रमुखले दिए राजीनामा

जर्मनीका नौसेना प्रमुखले दिए राजीनामा

प्रकाशित मिति:

युक्रेनबारे विवादास्पद टिप्पणी गरेका कारण जर्मनीका नौसेना प्रमुखले राजीनामा दिएका छन्। रुसले युक्रेनमाथि आक्रमण गर्न चाहेको कुरा बकवास रहेको भन्दै नौसेना प्रमुख के खिम श्योनबाखले पदबाट राजीनामा दिएका हुन्।

सो टिप्पणीका कारण थप क्षति हुन नदिन भन्दै शनिबार श्योनबाखले आफ्नो पदबाट राजीनामा दिएका हुन्। युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणी अस्वीकार्य भएको व्याख्या गरेको छ।

गएको शुक्रबार एक थिंक ट्यांकद्वारा भारतमा आयोजित छलफल कार्यक्रममा नौसेना प्रमुखले आफ्नो विचार राखेका थिए। सो विचार राख्ने क्रममा उनले रुसले युक्रेनमाथि आक्रमण गर्ने कुरा बकवास भएको टिप्पणी गरेका थिए। सो टिप्पणी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

अमेरिका र बेलायतसहित अन्य केही पश्चिमा मुलुकहरुले युक्रेनलाई हातहतियार उपलब्ध गराएका छन्। तर युक्रेनले हतियारका पठाउन गरेको आग्रहलाई जर्मनीले भने अस्वीकार गरेको छ।

रुसको सुरक्षाको लागि भन्दै सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि संगठन र नेटोको सदस्य बन्नबाट युक्रेनलाई रोक्नुपर्ने र माग रुसले गरेको छ। सो सन्दर्भमा नौसेना प्रमुख श्योनबाखले रुसी राष्ट्रपति भ्लाद्पिर पुटिनले केबल सम्मानमात्र चाहेको बताएका थिए।

सम्बन्धित् समाचार