गृहपृष्ठ Featured गएरातीको वर्षाले कपिलवस्तुमा तरकारी खेतीमा क्षति

गएरातीको वर्षाले कपिलवस्तुमा तरकारी खेतीमा क्षति

बसन्ता भुसाल (कपिलवस्तु) : कपिलवस्तुमा गएराती परेको वर्षाका कारण किसानले लगाएका तरकारी खेतीमा क्षति पुगेको छ । कपिलवस्तुका अधिकांश स्थानमा किसानले लगाएका तरकारी बालीमा क्षेती पुगेको किसानहरुले गुनासो गरेका छन् । कृषकले लगाएका आलु, लसुन लगायतका तरकारीमा क्षति पुगेको बाणगंगा वडा नंं. ८ धनेशपुर निवासी दधिराम बस्नेतको दुखेसो छ ।

यस्तै सोहि वडाकी स्थानीय रीता क्षेत्रीले पनि आफुले लगाएको आलु र तोरीमा बर्षाले क्षति पुगेको गुनासो गर्नुभयो । उहाँले यसरी आलु खन्नका लागी तयार भएको समयमा बेमैसमी बर्षा हुदाँ आलु कुहिने सम्भावना बढेको बताउनुभयो ।

आलु संगै खेतमा लगाईएको तोरी, मसुरो, केराउ लगायतका दलहन बालीलाई समेत क्षति गरेको कृषकहरुको गुनासो छ । वर्षाका कारण ब्यवसायिक आलु तथा लसुन खेती गर्ने कृषकहरु बढी मारमा परेका छन् ।

सम्बन्धित् समाचार