गृहपृष्ठ Featured समयमै रिजल्ट निकाल्न त्रिभुवन विश्वविद्यालयलाई शिक्षामन्त्री पौडेलको निर्देशन

समयमै रिजल्ट निकाल्न त्रिभुवन विश्वविद्यालयलाई शिक्षामन्त्री पौडेलको निर्देशन

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको रिजल्ट समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।

मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेकाका मन्त्री पौडेलले यो अथवा त्यो बाहाना नगरी समयमै विद्यार्थीको रिजल्ट निकाल्न निर्देशन दिएका हुन्।

‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ’, मन्त्री पौडेलले भने, ‘रिजल्ट प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट गर्नुपर्‍यो।’

सम्बन्धित् समाचार