गृहपृष्ठ Featured कपिलवस्तुमा कोरोना बिरुद्धको खोप अभियान माघ १२ देखि पुन: सूचारु हुने

कपिलवस्तुमा कोरोना बिरुद्धको खोप अभियान माघ १२ देखि पुन: सूचारु हुने

प्रकाशित मिति:

कपिलवस्तु : सिरिन्ज अभाव र स्वास्थ्यकर्मीनै संक्रमित भएका कारण स्थगित भएको कोरोना बिरुद्धको अभियान पुनः सुचारु हुने भएको छ । गत माघ ८ गते देखि खोप अभियान चलाउने भनिए पछि खोप, सिरिन्ज र स्वास्थयकर्मीको उपलब्ध नहुदाँ अभियान स्थगित गरिएको थियो । गत माघ ८ गते देखि स्थगित गरिएको कोभिड–१९ खोप अभियान यही माघ १२ गते देखि पुनः सुचारू हुने स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । पहिलो मात्रा कोभिसिल्ड वा अस्ट्राजेनिका वा भेरोसेल लगाएका सम्पूर्णले दोस्रो मात्रा खोप केन्द्रमा लगाउन उनले आग्रह गरे ।

२०७८ असार मसान्त सम्म कोभिसिल्ड।अस्ट्राजेनिका वा भेरोसेल को दोस्रो मात्रा पुरा गरेका सम्पूर्णले थप मात्रा लगाउन सक्ने उनले बताए । यस्तै १२ वर्ष देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा यही माघ १६ गते देखि लगाउने कार्यक्रम रहेको उनले बताए । खोप सरकारी अस्पताल र जिल्लाका ९६ वटै वडामा रहेको स्वास्थ्य चौकीमा लगाउन सकिने छ । जिल्लामा कोभिशील्ड वा एक्ट्राजेनिका गरी १ लाख ६ हजार ७९३ जनाले लगाएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताए ।

यस्तै दोश्रो डोज ६० हजार ७७२ जनाले भेरोसिल पहिलो डोज १ लाख ५१ हजार ७७ जनाले र दोश्रो डोज १ लाख ३३ हजार ७५० जनाले लगाएका छन । यस्तै जोन्सन एन्ड जोन्सन ८३ हजार ५३९ तथा मोर्डना ७३ हजार ८१० जनाले लगाएका छन । यस्तै थप ८१७ जनाले समते खोप लगाएका छन ।

सम्बन्धित् समाचार