गृहपृष्ठ Featured लुम्बिनीमा मतदान शुरु, संक्रमितलाई स्यानिटाइज

लुम्बिनीमा मतदान शुरु, संक्रमितलाई स्यानिटाइज

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको रिक्त तीन पदका लागि मतदान सुरु भएको छ। तोकिएकै समय बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको हो।

निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट कांग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा छन्। एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा छन्।

लुम्बिनी प्रदेशबाट महिलातर्फ कोमल ओली, अन्यतर्फ दृगनारायण पाण्डे र दलिततर्फ रामलखन चमारको कार्यकाल सकिन लागेको हो। त्यही तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो।

राष्ट्रियसभामा प्रदेश सांसद र स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्न पाउनेछन्। प्रदेशका तीन र स्थानीय तहका ३र३ वटा मतपेटिका राखिएको छ। कोभिड संक्रमितलाई स्यानिटाइज गरेर मतदानको व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ जना, स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ जना गरी कुल मतदाता संख्या २९६ रहेको छ।

सम्बन्धित् समाचार