दाङ : राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा भएको मतदानको प्रदेश सभा सदस्यको मतगणना सकिएको छ। तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मत हालेका थिए। निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार अहिले प्रदेश सभा सदस्यको मतगणना सकिएको छ।
जसमा सत्तारूढ गठबन्धनका उम्मेदवारका पक्षमा २१६० मतभार पुगेको छ भने नेकपा एमालेका उम्मेदवारका पक्षमा १७२८ मतभार छ। प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ।
राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। राजेन्द्रलक्ष्मी गैरे ९एकीकृत समाजवादी०, कुलप्रसाद विश्वकर्मा ९राष्ट्रिय जनमोर्चा० र युवराज शर्मा (कांग्रेस) उम्मेदवार हुन् भने एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्तालाई उम्मदवार बनाएको छ।








