गृहपृष्ठ Featured बर्दियामा चोरीको आरोपमा चार जना पक्राउ

बर्दियामा चोरीको आरोपमा चार जना पक्राउ

प्रकाशित मिति:

बर्दिया : मधुवन र बारबर्दिया नगरपालिकामा चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चोरी भएको २४ घन्टा नबित्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मधुवन-६ का २१ वर्षीय विशाल खड्का, मधुवन-८ का २२ वर्षीय सुरज वली र मधुवन-६ का विजय खड्का रहेका छन् ।

मधुवन नगरपालिका ५ स्थित एक घरमा कोही नभएको मौका छोपी घरभित्रबाट २ लाख ४० हजार बराबरको नगद तथा सुनका गरगहना चोरी गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै बारबर्दिया नगरपालिका-७ मा रहेको किराना पसलमा रहेको भित्ता फोडी नगद तथा रिचार्ज कार्ड गरी २२ हजार मूल्यको सामान चोरी गरी फरार रहेका सोही ठाउँका छबिलाल जैसी पक्राउ परेको सूचना अधिकारी एवं डीएसपी हेमबहादुर शाहीले बताए ।

सम्बन्धित् समाचार