गृहपृष्ठ Featured बिप्लवका प्रभावशाली नेता एमालेमा प्रवेश

बिप्लवका प्रभावशाली नेता एमालेमा प्रवेश

प्रकाशित मिति:

काठमाडौं : नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले गृहजिल्ला दाङमा बिप्पलव समुहका प्रभावशाली नेता सहदेब थारु बिहानी एमाले प्रवेश गराएका हुन् ।

घोराही १४ निवासी थारुलाई एमाले महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

महासचिव पोखरेलसँगै अन्य नेताहरुले पनि उनलाई एमालेमा स्वागत गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलन र समृद्धीको अभियानमा सघाउन आफू एमाले रोज्न पुगेको थारुको भनाई छ ।

सम्बन्धित् समाचार