गृहपृष्ठ Featured जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना

प्रकाशित मिति:

जुम्ला : कोरोनाको तस्रो लहरको संक्रमणलाई मध्येनजर गर्दै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय अगाडी एकीकृत हेल्प डेस्क स्थापना भएको हो।

हेल्प डेस्कबाट सेवाग्राहीलाई कोरोनाका तेस्रो लहरको बारेमा सचेत गराउने,कोभिड १९ विरुद्धको खोप लगाउने,शंकास्पद व्यक्तिका लागि आरडिटी र एन्टीजेन टेस्ट गर्ने, मास्क बैंकको व्यवस्था गर्ने र ज्वरो मापन तथा कोभिड १९ बारेमा जनचेतना प्रदान गरिनेछ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन समितिको निर्णय बमोजिम नै एकीकृत हेल्प डेस्क स्थापना भएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्। उनले सबैको समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिइन्।

जिल्ला प्रशासन कार्यालय जुम्ला,जनस्वास्थ्य कार्यालय जुम्ला,चन्दननाथ नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सयुंक्त रुपमा एकीकृत हेल्प डेस्क स्थापना गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए। मास्क,स्यानीटाइजर आरडीटी एन्टीजेन टेस्ट र खोपहरुको व्यवस्थापन जनस्वास्थ्य कार्यालयले गरेको छ। एकीकृत हेल्प डेस्कले जनस्वास्थ्यका मापदण्डहरुलाइ प्रर्वद्धन गर्ने छ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर गर्दै हेल्प डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन्। कोरोना संक्रमण बिरामीको पहिचानका गर्न लागि एकीकृत हेल्प डेस्क सञ्चालनमा ल्याएको हो। कोभिड १९भाइरस सङक्रमण हुन नदिन जनचेतना मुलक सन्देश प्रवाह गर्न पनि हेल्प डेस्कको महत्वपुर्ण योगदान हुनेछ।

कोरोना भाईरस कोभिड १९ का बारेमा जानकारी दिन र विरामीको पहिचान तथा चेकजाँच‚सवारी साधनमार्फत जुम्लाबाट बाहिरीने र भित्रिने यात्रुहरुलाई कोरोना भाईरसबाट बच्ने उपाय र रोगका लक्षणबारे जानकारी गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको चन्दननाथ नगरपालिका जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रवहादुर महत बताउँछन्। डेस्कले विशेष गरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई समन्वय गरी सहयोग गर्ने उनी बताउँछन्।

सम्बन्धित् समाचार