गृहपृष्ठ Featured कोहलपुरमा धरहराको झल्को दिँदै कोहलपुरको भ्यु टावर

कोहलपुरमा धरहराको झल्को दिँदै कोहलपुरको भ्यु टावर

बाँके : काठमाण्डौको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका ११ गोलपार्कमा सुविधा सम्पन्न भ्यु टावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधा सम्पन्न यस भ्यु टावरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

लिफ्टसहितको सुविधा सम्पन्न यस भ्यु टावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको मेयर लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार भ्यु टावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङ्गरोगन र सजावटको काम बाँकी छ ।

मेयर रावतले दश तलाको उचाइसहित निर्माण भएको भ्यु टावरमा समयको जानकारी गराउने उद्देश्यले घडी राखिने बताउँदै लिफ्टबाट माथि जान सकिने र भ्यु टावरबाट कोहलपुरको चारैतिरको रमणीय दृश्यावलोकन गर्न सकिने जानकारी दिनुभयो । पाँच करोड ८८ लाख रुपैयाँको लागतमा अत्याधुनिक भ्यु टावर निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताउनुभयो । भ्यु टावरले कोहलपुर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाइ छ । भ्यु टावर चढ्न कोहलपुर नगरपालिकाले शुल्क निर्धारण गर्नुका साथै कफी शपको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाइ छ ।

 

सम्बन्धित् समाचार