सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले बाणगंगालाई समृद्ध बनाउन आफु लागी पर्ने बताउनुभएको छ । आफुले अहिलेसम्म हासिल गरेका कार्यसम्पादनको अनुभवलाई उदुपयोग गर्दै बाणगंगा नगरपालिकालाई हरेक तवरले समृद्ध लागी पर्ने उहाँको भनाई छ ।
‘मैले अहिलेसम्म विभिन्न क्षेत्रमा काम गर्ने क्रममा हासिल गरेका अनुभवलाई उदुपयोग गर्दै बाणगंगालाई हरेक तवरले समृद्ध बनाउन म लागी पर्छु,’ उहाँले हर्टविट एफ.एम.९१.३ बाट प्रशारण हुने कार्यक्रम संवादमा भन्नुभयो ।
उहाँले नदीजन्य पदार्थको अनुगमलाई प्रभावकारीता दिने बताउनुभएको छ । तोकिएको मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन् भएको पाईएमा कानुन बमोजिम कारबाही गर्ने उहाँले चेतावनी समेत दिनुभएको छ ।
‘नदीजन्य पदार्थको उत्खनन्को अनुगमनलाई प्रभावकारी बनाउँदै लजान्छौ, उहाँले भन्नुभयो, ‘अनुगमन फितलो हुदैन् यदि सम्झौता विपरित नदीजन्य पदार्थको उत्खनन भए कानुन बमोजिम कारबाही गछौं, कसैलाई छाडिदैन् ।’
बाणगंगा विकासको सम्भावना बोकेको उर्भर भूमि रहेको बताउँदै उहाँले सबैको साथ सहयोगले मात्र नगरलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले सबैको साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।








