गृहपृष्ठ Featured सामुदायिक विद्यालयहरुलाई कोभिडवाट बच्न स्वास्थ्य सामग्री

सामुदायिक विद्यालयहरुलाई कोभिडवाट बच्न स्वास्थ्य सामग्री

वैखरी अनलाईन : सामुदायिक विद्यालयहरुलाई कोभिडवाट बच्नका लागि स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन बाणगङ्गा नगर कमिटीको सहकार्य, नेको ईन्सोरेन्सको सहयोग र बाणगङ्गा नगर शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा विद्यालयहरुलाई वास्थ्य सामग्री वितरण गरिएको हो ।

बाणगंगा नगरपालिकाका सवै र निर्वाचन क्षेत्र नं १ ‘क’ कपिलवस्तुका सवै सामुदायिक विद्यालयहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्टाराईले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुलाई कोरोना महामारीबाट बचाउन यस्ता स्वास्थ्य सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अब छिट्टै नै विद्यालयहरुमा स्वास्थ्यका मापदण्ड पालना गरेर पठनपाठन कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरुले यस्तो विषम परिस्थितिमा स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।

सम्बन्धित् समाचार