गृहपृष्ठ Featured विदेशबाट फर्किएका बाणगंगाका एक युवा घर नपुग्दै बेपत्ता, खोजिदिन परिवारको आग्रह

विदेशबाट फर्किएका बाणगंगाका एक युवा घर नपुग्दै बेपत्ता, खोजिदिन परिवारको आग्रह

प्रकाशित मिति:

कपिलवस्तु : वैदेशिक यात्राबाट फर्किद‌ै गरेका कपिलवस्तुका एक युवा ६ दिनदेखि बेपत्ता भएका छन । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ निवासी अन्दाजी ३० वार्षिय युवा रिम बहादुर खड्का (रने) वैदेशिक रोजगारीबाट स्वदेश फर्कने क्रममा सम्पर्क बिहिन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी यात्राबाट फर्किएको ६ दिन भयो । अहिले परिवार संग सम्पर्क बिहिन भएका छन । उनी माघ ९ गते बिहान अन्तरास्ट्रिय बिमानस्थल काठमाडौ र आएपछि सोही साझ नाईट गाडी चडेर घर आउने परिवार संगको फोनमा कुरा भएको परिवारले जनाएको छ ।

त्यसपछि उक्त दिनबाट परिवारसंग उनी सम्पर्कमा नरहेको बताएका छ्न । खड्कासंग १ थान टि भि , ब्लाङ्केट नेपाली रुपैया अन्दाजी दुई लाख र परिवारलाई खानेकुरा समेत ल्याएको उनकि श्रीमतिले  जानकारी दिएकी छिन् ।

उनि वैदेशिक यात्रामा नफर्किने र नेपालमै केहि गर्ने उद्देश्यका साथ नेपाल आएका थिए । उनको खोजिका लागि परिवार दिनरात यताउता भैतारिरहेका छन तर केहि कुरा पता लागेको छैन ।

खड्कालाई खोजी दिन परिवारले नेपाल प्रहरि ,आफन्त, ईस्ट्मित्र ,सन्चारकर्मि विभिन्न संघसंगठन सग अपिल गरेका छन । उनि साउदि अरेबियामा वैदेशिक रोजगारीका लागि तिन बर्ष पहिलाबाट कार्यरत थिए । बेला बेला घरपरिवार संग भेटघाटका लागि पनि आउने जाने गरेको परिवारले बताएका छ्न । उनका एक छोरा र पत्नी रहेका छ्न । कोहि कसैले देखेमा नजिकैको प्रहरी कार्यलय वा उनका आफन्त को सम्पर्क: 9800722553986-36316119867225422 नम्बर मा सम्पर्क गरिदिनु हुन अनुरोध समेत गरिएको  छ ।

सम्बन्धित् समाचार