गृहपृष्ठ Featured च्याउ उत्पादन तालिम सम्पन्न

च्याउ उत्पादन तालिम सम्पन्न

प्रकाशित मिति:
प्रिया अधिकारी (रुपन्देही) :  रुपन्देही जिल्लाको सुन्दर नगरी कञ्चन गाउँ पालिकामा आज कञ्चन जेसिजद्वारा महिला उधमशिलता विकास च्याउ उत्पादन तालिम सम्पन्न भएको छ । कञ्चन जेसिजका वर्तमान अध्यक्ष राजन पौडेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेनु भएका कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बोल्दै महिलाहरुलाइ आत्मनिर्भर र सक्षम बनाउनका लागि दिइएको यो तालिम निकै प्रभाकारी रहेको र लिएको तालिमको सहि सदुपयोग गर्नका साथै कञ्चन गाउँ पालिकामा आउने हरेक क्रियाकलापमा सहभागी भै तालिम लिन र लिएको ज्ञानलाई व्यवहारमा लागू गर्न समेत आग्रह गर्नु भयो ।
कञ्चन गाउँपालिकाका १,२,३र४ वडाका २२ जना सहभागी रहेको तालिममा टिम स्पिन्जर एग्रो प्रा.लिका सञ्चालक गंगाधर शर्माले प्रशिक्षण दिनु भएको थियो। जेसि नारायण शर्माको आस्था पाठ रहेको कार्यक्रममा संस्थापक अध्यक्ष चुडामणि पौडेल र नेपाल जेसिजको कार्यकारी उपाध्यक्ष अनिल बहादुर शाहीले शुभकामना दिनु भएको थियो।
त्यसै गरि कार्यक्रम संयोजक जेसि प्रकाश उपाध्यक्ष पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम कञ्चन जेसिजका महासचिव बुद्धि प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित् समाचार