गृहपृष्ठ Featured सरकारले शिक्षामा लगानी बढाउन कानुनी व्यवस्था गर्दैछ : राज्यमन्त्री श्रेष्ठ

सरकारले शिक्षामा लगानी बढाउन कानुनी व्यवस्था गर्दैछ : राज्यमन्त्री श्रेष्ठ

प्रकाशित मिति:

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन्। शनिबार काठमाडौंको सानो भ¥याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पु¥याउने काममा सरकार लागि परेको बताएका हुन्।

राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताए।‘अब संघीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्दैछ। एउटा स्कुल लेभलको कानुन। टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ। त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्छ। त्यो कुराको अपेक्षा गरौं। यस कुरामा म तपाईंहरुलाई आश्वस्त पनि गराउन चाहन्छु,’ उनले भने।

राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गरेका छन्।

सम्बन्धित् समाचार