भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो ।
यस्तै, थप २ लाख ३५ हजार ५३२ जनामा संक्रमण देखिएको छ ।
३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा भारतमा कुल सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ पुगेको छ ।