काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ वर्षपछि जित निकालेको छ । शनिबार दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्दै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितको खडेरी तोडेको हो । सन् २०११ मा भुटानलाई पराजित गरेपछि नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जितविहीन थियो ।
नेपालले जितको खडेरी तोड्ने क्रममा मरिससलाई १–० गोलले पराजित ग¥यो । नेपालको जितमा विमल घर्तीमगरको गोल निर्णायक बन्यो। सुमन लामाले दिएको पासमा विमलले ५५ मिनेटमा गोल गरेका हुन् । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।
हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले मरिसससँग पहिलो पटक खेलेको हो। फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिससविरूद्ध नेपालले मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।