गृहपृष्ठ Featured सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

प्रकाशित मिति:

काठमाडौं : नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकिएको छ। गत शुक्रवार प्रतितोला ९२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै‚ आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रूपैयाँ तोकिएको छ। यसको मूल्य शुक्रबार प्रतितोला ९२ हजार १०० रूपैयाँ थियो।

त्यस्तै‚ आइतवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रूपैयाँमा तोकिएको महासंघले जनाएको छ।

सम्बन्धित् समाचार