गृहपृष्ठ Featured नाडालले २१औ पटक ग्राण्डस्लाम उपाधि जित्दै राखे कीर्तिमान

नाडालले २१औ पटक ग्राण्डस्लाम उपाधि जित्दै राखे कीर्तिमान

प्रकाशित मिति:

काठमाडौं : स्पानिस टेनिस स्टार राफायल नाडालले २१औ पटक ग्राण्ड्सलामको उपाधि जित्दै कीर्तिमानी कायम गरेका छन् । आइतबार मेलवर्नमा भएको अष्ट्रेलियन ओपनको फाइनलमा रसियाका डानिएल मेदभेदेभविरुद्ध ५ सेट चलेको खेलमा पुनरागमन जित हात पार्दै नाडालले करियरको २१औ उपाधि जितेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी डानिएल मेदभेदेलाई २-६, ६-७, ६-४, ६-४, ७-५ ले पराजित गरे। यो उपाधि पछि नाडालले सर्वाधिक उपाधि जित्ने सूचीमा एकल रुपमा कीर्तिमान बनाए।

स्वीस स्टार रोजर फेडेरर र सर्वियन नोभाक जोकोभिचले समान २० उपाधि जितेका छन्।

सम्बन्धित् समाचार